२८ आश्विन २०८३, बुधबार

सेञ्चुरी बैंकको शेयर कारोबार सुरु, एक सय १३ रुपैयाँदेखि तीन सय ३९ सम्ममा सेयर कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

century-bank

काठमाडौं, २२ जेठ । सेञ्चुरी कमसिर्यल बैंकके शेयर कारोबार सुरु भएको छ ।

आइतवारबाट पहिलो कारोबारको समय पाएको सेञ् चुरीको एक सय १३ रुपैयाँदेखि तीन सय ३९ सम्ममा सेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले बैंकलाई पहिलो कारोबारको यो व्याण्डमा मूल्य दिएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीहरुलाई नेटवर्थको एक देखि तीन गुणा मूल्य तोक्ने गर्छ ।

गत साताको शुक्रवार नेप्से र बैंक बीच सेयर सूचिकरण सम्झौता भएको थियो । सेयर सूचिकरण सम्झौतामा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना तथा नेपाल स्टक एक्सचेञ्जका महाप्रवन्धक सिताराम थपलियाले हस्ताक्षर गरेका थिए ।

सेञ्चुरी बैंकले सेयर रजिष्टारमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । सिभिलले सेञ्चुरी बैंकको धितोपत्र कारोवार सम्बन्धि रेकर्ड राख्ने, दाखिला खारेज वा नामसारी गर्ने र शेयरवालाहरुको लगत अध्यावधिक गरी राख्ने छ ।

त्यसैगरी साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस शेयर वितरण गर्ने काम पनि सिभिल क्यापिटलले गर्ने जानकारी बैंकले दिएको छ ।