२७ कार्तिक २०८३, शुक्रबार

नेकपा एसको सचिवालय बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १८ मंसिर । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज सोमबार बस्दैछ ।

केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीको महाधिवेशनको नयाँ मिति तय गर्नेसहितका एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय भए पनि राष्ट्रियसभा निर्वाचनका कारण नयाँ मिति टुंगो लगाउनुपर्ने उनको भनाइ छ ।

बैठकमा बैठकमा अन्तरपार्टी निर्देशन (अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने बताइएको छ ।