२७ कार्तिक २०८३, शुक्रबार

चीन भ्रमणमा जान लागेको रास्वपा सांसदको टोलीसँग प्रधानमन्त्री शाहले गरे छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीन भ्रमणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको टोलीले प्रधानमन्त्री बालेन शाहसँग भेटेर छलफल गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चीन प्रस्थान गर्नुअघि सांसदहरूले प्रधानमन्त्रीसँग भेट गरेर छलफल गरेका हुन्।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आगामी आइतबार चीन जाने कार्यक्रम छ। चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० को निमन्त्रणामा हुन लागेको भ्रमण ११ दिनसम्म चल्नेछ।

भ्रमण टोलीमा पार्टीका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित २० जना सांसद सहभागी हुनेछन्।

टोलीमा लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन्।

भ्रमणका क्रममा सांसदहरूले चीनका विभिन्न सहर तथा क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ। उनीहरू बेइजिङ, हाङचोउ र सिचुवानलगायत स्थान पुग्नेछन्।