२७ कार्तिक २०८३, शुक्रबार

दुई तिहाइको रास्वपा सरकारलाई प्रदीप पौडेलको प्रश्न– कांग्रेसभित्र किन हस्तक्षेप गरेको ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका गतिविधिहरूमाथि प्रश्न उठाएका छन् ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत महामन्त्री पौडेलले सरकारले अन्य दलहरूमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् ।

उनले पुराना पार्टीका पुराना नेताहरूजस्तै अहिलेको सरकार पनि कुनै कम नरहेको बताए । आफ्नो पार्टीमा मात्र नभई सरकारले अर्को पार्टीहरूमा कसलाई सभापति बनाउने, कसको पार्टी फुटाई दिने, कसलाई के दोष लगाइदिने जस्ता कार्यहरूमा केन्द्रित भएको महामन्त्री पौडेलले आरोप लगाएका छन् ।

आफ्नो पार्टीमा प्रश्न उठाउनेहरूलाई कसरी कमजोर बनाउने धन्दामा सरकार नेतृत्वको पार्टी लागि परेको पौडेलको भनाई छ ।

महामन्त्री पौडेलले रास्वपाले कांग्रेसभित्र किन हस्तक्षेप गर्नुपर्‍यो ? भनेर प्रश्न गरे । सरकारले गुटबन्दीको राजनिति सुरु गर्न खोजेको आभास भएको महामन्त्री पौडेलको भनाई छ ।

विगतमा राज्यसत्ता कब्जा गरेर शासन गर्न खोजेजस्तै अहिले पनि उही किसिमको कार्य भइरहेकोले पहिलेको सरकार र अहिलेको सरकारमा कुनै फरक नरहेको उनको भनाई छ ।

महामन्त्री पोडेलका अनुसार रास्वपा नेतृत्वको सरकारसँग प्रश्नहरूको सामना गर्ने क्षमता छैन । सरकारको गतिविधिले नेपालको लोकतन्त्रलाई समाप्त पार्ने महामन्त्री पौडेलको भनाई छ ।

जनताको अपेक्षा विपरीत सरकारले कार्य गरिरहेको उनले बताए । दुई तिहाइ बहुमत प्राप्त भएर बनेको सरकारलाई अझै के चाहिएको छ ? भनेर महामन्त्री पौडेलले प्रश्न गरे ।

कांग्रस प्रश्न गर्ने पार्टी भएकोले सरकारले कांग्रेसमाथि प्रश्न नगरोस् भनेर सरकारले अनेकौँ प्रपञ्च गरिरहेको महामन्त्री पौडलले बताए ।

विधिको शासन र कानुनी राज्य रहेसम्म निर्दोषीलाई दोषी बनाउन नसकिने पौडेलको भनाई छ ।