९ कार्तिक २०८३, सोमबार

एमाले अध्यक्ष ओलीद्वारा बैतडीको निङ्गलाशैनी मन्दिरको दर्शन, पार्टी कार्यालय पनि उद्घाटन (तस्वीरहरू)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गरेका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राको उद्घाटनका लागि बैतडी पुगेका अध्यक्ष ओलीले देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गरेका हुन् ।

ओलीसहित एमाले नेताहरू दर्शनसँगै सन्ध्याकालीन आरतीमा समेत सामेल भएका थिए ।

मन्दिर दर्शनसँगै अध्यक्ष ओलीले आजै पार्टी कार्यालयको उद्घाटनसमेत गरेका छन् । अध्यक्ष ओलीले आजै पाटनमा आयोजना गरेको कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए ।