९ कार्तिक २०८३, सोमबार

काँग्रेस सभापति देउवाको गाउँमा पुगेर एमाले अध्यक्ष ओलीले खाए खीर (तस्वीरहरू)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुरास्थित गाउँमै पुगेका छन् ।

मध्यपहाडी लोकमार्ग पदयात्राका लागि बैतडीको झलाघाट जाने क्रममा अध्यक्ष ओली देउवाको गाउँ गन्यापधुरा-१ साहुखर्क पुगेका हुन् । सो क्रममा अध्यक्ष ओलीसहितका नेता कार्यकर्ताहरूले पचास वर्षदैखि आगो ननिभेको बाजेको खीर पसलमा चिया, खीर र खुवा खाएका थिए ।

डडेलधुराको गन्यापधुरा-१ मा बाजेको खिर पसल ५० वर्षअघि शेरबहादुर देउवा नामकै स्थानीयले चलाएका थिए । उनको निधनपछि छोराले सम्हाल्दै आएका छन् ।

भोलि झुलाघाटबाट पदयात्रा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।