९ कार्तिक २०८३, सोमबार

रूसी सेनामा रहेका चारजना नेपालीको मृत्यु भएको पुष्टि

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । रुसी सेनामा भर्ना भएका चारजना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

रुसस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा रुसी सेनामा कार्यरत चारजना नेपालीको मृत्यु भएको जनाएको हो ।

मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् ।

दूतावासका अनुसार कात्तिक २९ गते एकैदिन प्रितम, राजकुमार र गङ्गाराजको मृत्यु भएको थियो। थपलिया भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए ।

रुसले थपलियाको शव भने नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो ।

रुसी सेनाबाट मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको र उनीहरूको परिवारसँग समन्वय गर्न भन्दै विभागलाई पत्राचार गरेको थियो ।