९ कार्तिक २०८३, सोमबार

सरकारी कर्मचारीलाई आएको छात्रवृत्तिमा छोरीलाई स्वीट्जरल्याण्ड पठाएको भन्दै पौड्यालविरुद्ध उजुरी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । क्यानडाका लागि नेपालको राजदूतमा सिफारिस भएका भरतराज पौड्यालविरुद्व संसदीय समितिमा उजुरी परेको छ ।

हाल परराष्ट्र मन्त्रालयको सचिव रहेका पौड्याललाई मन्त्रिपरिषद्ले ३ कात्तिकमा क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

पौड्यालविरुद्व सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएर स्वीट्जरल्याण्ड पठाएको उजुरी परेको हो ।

पौड्यालले प्रतिमहिना ६ लाख रूपैयाँ उपलब्ध हुने दुई वर्षको छात्रवृत्तिमा छोरीलाई पठाएको र छोरी सरकारी कर्मचारी नै नरहेको उजुरीमा उल्लेख छ।

समितिमा परेका उजुरीहरुमा पौड्यालविरुद्व खरिदार र सुब्बा जाने विदेशी कार्यक्रममा समेत आफैं जाने र भत्ता आर्जन गर्ने गरेको आरोपसमेत लगाइएको छ ।