
चितवन, १० मंसिर । भरतपुर महानगरपालिका–१२, मिलनचोकमा भेटिएको दुईवटा शवको पहिचान गर्न प्रहरी असफल भएस्को छ ।
यही मंसिर ६ गते मध्याह्न करिब १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डको कल्भटमुनि शंकास्पद रूपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।
प्रहरीले ७७ वटै जिल्लासहित सीमावर्ती भारतीय जिल्लामा हुलिया परिपत्र गर्दा समेत मृतकको सनाखत हुन नसकेको हो । सनाखत हुन नसकेका शव कल्भटमुनि दुई बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो ।
शव पोस्टमार्टमका निम्ति भरतपुर अस्पतालमा राखिएको छ ।















प्रतिक्रिया