९ कार्तिक २०८३, सोमबार

स्वास्थ्यमन्त्री माफियाहरूका नाइके हुन्, तत्काल पदमुक्त गरियोस्: डा. गोविन्द केसी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत माफियाहरूको नाइके भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

शनिबार एक कार्यक्रममा मन्त्री बस्नेतले डा. केसीलाई मेडिकल माफियासँग साँठगाँड रहेको आरोप लगाएपछि डा केसीले आपत्ति जनाउँदै उनलाई तत्काल मन्त्रीबाट पदमुक्त गर्न माग गरेका हुन् ।

‘शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीका स्वास्थ्य मन्त्री माफीयाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्य मान्यताको बरखिलाफ हो, निजलाई तत्काल पदमुक्त गरियोस्,’ डा. केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

आफूमाथि मन्त्री बस्नेतले लगाएका आरोप कपोलकल्पित, झुठा रहेको पनि डा. केसीले उल्लेख गरेका छन्। माफियाहरुको तर्फबाट स्वास्थ मन्त्रीको नयाँ प्रयास रहेको भन्दै डा. केसीले डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् विदेशीनु पर्यो, भारतको सिमाना क्षेत्रमा धेरै नर्सिङ कलेज खोले भन्ने जस्ता तथ्यहिन हल्ला फैलाइएको बताएका छन् ।

‘माफियाहरुको तर्फबाट स्वास्थ मन्त्रीको यो थप नयाँ प्रयास हो। डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् विदेशीनु पर्यो, भारतको सिमाना क्षेत्रमा धेरै नर्सिङ कलेज खोले भन्ने जस्ता तथ्यहिन हल्ला फैलाइयो। नेपालमा चिकित्सा शिक्षा ऐन निर्माण भए यता विदेशमा पढ्न जानेको संख्या गुणात्मक रूपमा कम भएको छ भने कति निजी मेडिकल कलेज, नर्सिङ र अन्य स्वास्थ्यसम्बन्धी विषयका शिक्षालयहरूका सिटहरू भर्ना हुने विद्यार्थीहरु नपाएर खाली गई रहेको कुरा सिटिइभिटीअन्तर्गतका निजी शिक्षालयहरूले गोरखापत्र लगायतका पत्रिकाहरूमा भर्नाको को लागि पुन: दोहोर्‍याई -तेहर्‍याई विज्ञापन गर्नुले दर्जनौं सिट विद्यार्थीहरु नपाएर खालि गई रहेको कुरा प्रमाणित हुन्छ,’ डा. केसीले विज्ञप्तिमा भनेका छन् ।

गुणस्तरीय, नि:शुल्क, सस्तो, सुलभ स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्न र सुशासनका लागि आफू संघर्षरत रहेको डा. केसीले बताएका छन्।