
काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न नसकेकाले देशमा अराजकता बढेको बताएका छन् ।
नेपाल सम्वत ११४४, नववर्ष, तिहार र छठ पर्वको अवसरमा एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले राजनीतिलाई अराजक बनाएको र सुशासन कायम गर्न नसकेकाले देशमा अराजकता बढेको बतएका हुन् ।
ओलीले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको आरोप समेत लगाए । सरकारले गरेको गल्तीको भागेदार सरकारमा रहेका दलहरू नै हुने उनले बनाए । अध्यक्ष ओलीले व्यक्तिमा खराबी हुन सक्ने भन्दै लोकतन्त्र र गणतन्त्र कहिल्यै खराब हुन नसक्ने तर्क गरे ।
देशमा राजतन्त्रको कल्पना गर्न नसकिने र अब ढुंगे युगतिर फर्किन नसक्ने बताउदै ओलीले जन्मिँदै कोही राजा बन्ने कुरा जनतालाई स्वीकार्य नहुने स्पष्ट पारे । अध्यक्ष ओलीले पुराना इतिहासको सकारत्मक कुरालाई सम्मान गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
जनतालाई जात धर्मको नाममा बिभाजित गर्ने प्रयास गरेर अहिले देशकाविबरुद्ध षडयन्त्र भइरहेकाले देशको रक्षाका लागि नेकपा एमाले जनतालाई साथमा लिएर अग्रपंत्तिमा उभिएर लड्न तयार रहेको जिकिर गरे ।















प्रतिक्रिया