
काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकसित मुलुकहरूलाई नै सबैभन्दा धेरै जोखिममा पुर्याएको बताएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विशाल खड्काको ‘पर्यावरणीय संकट: आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वका ठूला देशहरुबाट भएका कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकसित मुलुकहरूलाई नै सबैभन्दा धेरै जोखिममा पुर्याएको बताएका हुन् ।
जलवायु परिवर्तनका कारण परेको असरका बारेमा सबै भन्दा बढी चर्चा माओवादीले मात्रै गरेको उनले बताए । प्रचण्डले जलवायु परिवर्तनका असरमा नेपालले उचित न्याय र क्षतिपूर्ति पाउनुपर्ने र नगरेको कामको दण्ड अब नेपालले सहन नसक्ने जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डले कोप सम्मेलनमा जलवायु परिवर्तनले पारेको असरको क्षतिपूर्ति नेपालको अधिकार भएकाले यसलाई मुख्य रुपमा अघि सार्ने स्पष्ट पारे ।
आफू नेतृत्वको सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील रहेको उनको भनाइ छ । प्रधानमन्त्रीले पर्यावरणीय संकटलाई मार्क्सवादी कोणबाट समाधानको बाटो पहिल्याउनका लागि सबै क्रियाशिल हुनुपर्नेमा जोड दिए ।















प्रतिक्रिया