९ कार्तिक २०८३, सोमबार

वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्छ: उपराष्ट्रपति यादव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग रोक्न गम्भीर हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल वन प्राविधिक संघको ४९ औं स्थापना दिवस तथा २९ औं साधारणसभा उद्घाटन गर्दै पछिल्लो समय वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठूलो चुनौती देखिएको भन्दै यसलाई रोक्न सबै गम्भीर हुनुपर्ने बताएका हुन् ।

वनको दिगो व्यवस्थपन र उत्पादनमुखी बनाउनु अहिलेको चुनौती रहेको उनले बताए । उपराष्ट्रपति यादवले जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा मिचाहा प्रवृतिको प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा रहेको धारणा व्यक्त गरे ।

हालै गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु चिन्ताको बिषय भएकाले जैविक विविधता वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नै नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

उपराष्ट्रपति यादवले चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन नसकेकाले चुरे क्षेत्रको वन तराई, मधेस समुदायका लागि जीवन रेखा भएकाले यसतर्फ विशेष जोड दिनुपर्ने उल्लेख गरे ।