२८ आश्विन २०८३, बुधबार

निगमको महाप्रवन्धकमा भट्ट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-oil-nigamकाठमाडौँ, जेठ २१ । नेपाल आयल निगमको महाप्रवन्धकमा चण्डिका भट्ट नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषदको वैठकले खानी तथा भुगर्व  विभागका बरिष्ठ उपसचिव भट्टलाई निगमको महाप्रवन्धकमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद वैठकले भट्टलाई काजमा निगमको महाप्रवन्धकमा खटाउने निर्णय गरेको बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापाले अनलाइनखबरलाई जानकारी दिए ।

भट्टको प्रवेशसँगै निगमले २०६८ भदौयता पहिलोपटक पूर्ण महाप्रबन्धक पाएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले बताए । भट्टले आजै पद बहाली गर्ने तयारीमा रहेको बताइएको छ ।