२८ आश्विन २०८३, बुधबार

बैंक पुनःस्थापना नहुँदा लाखौँ सेवाग्राही प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

807जनकपुरधाम, २१ जेठ । मुलुकमा चलेको सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाको कारण देखाउँदै धनुषा र महोत्तरी जिल्लाबाट नेपाल बैंक लिमिटेड अन्यन्त्र सारिएपछि ग्रामीण क्षेत्रका सेवाग्राही प्रभावित भएका छन् ।

दैनिक करोडौँ रुपैयाँको कारोबार हुने मटिहानी, गौशाला, गोदार, सबैला र खजुरीबाट सुरक्षाका कारण देखाउँदै त्यहाँबाट सारिएका बैंक  शाखामा गाभिएको छ ।

सरकारले असुरक्षाका कारण देखाउँदै ती शाखालाई जनकपुर सिटी कार्यालयमा सारेपछि त्यहाँका स्थानीय जनतालाई बैंकिङ कारोबार गर्न समस्या उत्पन्न भएको स्थनीयवासीको गुनासो छ ।

देशमा शान्ति स्थापना भएको लामो समय बितिसकेको छ तर अहिलेसम्म बैंक पुनःस्थापना हुन सकेको छैन जसका कारण व्यापारी तथा सेवाग्राहीलाई अन्यत्र जानुपरेको छ । उद्योग वाणिज्य सङ्घ महोत्तरीका उपाध्यक्ष विजयकुमार साह भन्नुहुन्छ, “जनकपुर–जलेश्वरबाट कारोबार गरी बढी रकम ल्याउँदा एकातिर जोखिम हुने गरेको छ भने अर्कातिर सुरक्षाकर्मीले शङ्काको दृष्टिकोणले हेर्ने गर्दछन् ।”

मटिहानीमा मात्र दैनिक रु १५ देखि २० लाखसम्म विप्रेषण भित्रिने गरेको छ तर बैंक नहुँदा स्थानीयवासीलाई सो रकम लिन जनकपुर वा जलेश्वर जानु पर्दछ । जुन जोखिमपूर्ण काम हो मटिहानीका व्यापारी अजयकुमार साह भन्नुहुन्छ ।

मटिहानी बजारमै नेपाल बैंक लिमिटेडको नाममा चार कट्ठा जग्गा रहेको छ । तर भवन छैन, सो शाखा पनि जनकपुर शाखामा गाभिएपछि यहाँको १०० प्रतिशत व्यापार प्रभावित भएको छ ।

मटिहानी, गौशाला, गोदार, सबैला र खजुरीमा बैंक हुँदा त्यहाँ दैनिक एक करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिन्थ्यो भने दैनिक पाँच करोडभन्दा बढिको बैंकिङ कारोबार हुने गर्दथ्यो ।

निकट भविष्यमै गौशाला र गोदारमा शाखा स्थापना गरी कारोबार सञ्चालन गरिने नेपाल बैंक लिमिटेड सिटी अफिस जनकपुरका प्रमुख धीरज राई बताउनुहुन्छ, “मटिहानीमासमेत पुनःस्थापना गर्नेबारे केन्द्रसँग कुराकानी भइरहेको छ– उहाँ भन्नुहुन्छ ।”

उता, जलेश्वरमा नेपाल बैंक लिमिटेडको शाखा नहुँदा मटिहानीका जनतालाई कारोबार गर्न जनकपुर आउनुपर्ने बाध्यता रहेको छ, त्यहाँका जनताले नेपाल बैंकको शाखा हुनुपर्ने माग गरेका छन् ।