काठमाडौं, जेठ २१ । निरन्तर ओरोलो लगेको सुनको मूल्य बुधबार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा सय रुपैयाँ बढेर ५१ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार सुनको मूल्य स्थिर रहँदै तोलाको ५१ हजार रुपैयाँमा किनबेच भएको थियो ।
बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार बुधबार बजारमा चाँदी तोलाको ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।













प्रतिक्रिया