काठमाडौं, २१ जेठ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय घटाएको छ ।
आजदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङ दैनिक २ घन्टा घटाएर दैनिक ८ घन्टामा सीमित पारेको हो ।
प्राधिकरणले अहिले दैनिक १० घन्टा लोडसेडिङ गरिरहेको छ । नदीमा पानीको बहाव बढेको, हिउँ पग्लेर जलप्रवाह बढेकोले विद्युत उत्पादनमा वृद्धि भएकाले लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ ।
हेर्नुहोस लोडसेडिङ तालीका















प्रतिक्रिया