२८ आश्विन २०८३, बुधबार

मनिषा भन्छिन्- ‘एक्लो भए पनि खुशी साथ बाँचिरहेको छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manisha-koirala

पाठेघरको क्यान्सरको सफल उपचार पछि स्वस्थ्य बनेकी बलिउड अभिनेत्री नेपाली चेली मनिषा कोइरालाले आफुले रमाइलो जिन्दगी बिताइरहेको बताएकी छन्। हाल मुम्बईमा बसिरहेकी अभिनेत्रीले भारतीय सञ्चारमाध्यमसित कुरा गर्दै आफु सन्तुष्टपूर्ण तरिकाले जीवन चलाइरहेको जनाएकी छन्।

‘मेरो जिन्दगीमा अहिले केही तनाव छैन, म खुशीसाथ बाँचिरहेको छु,’मुम्बईको एक सपिङ मलमा भेटिएकी कोइरालाले भनेकी छन्। नेपाली युवा सम्राट दाहालसँग विवाह गरे पनि वैवाहिक सम्बन्ध सफल हुन नसकेको बेला मनिषालाई क्यान्सर भएको थियो। भारत र अमेरिकाको उपचार पछि उनी क्यान्सरबाट मुक्त बनेकी थिईन्।