२८ कार्तिक २०८३, शनिबार

राष्ट्रिय सभाको बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । राष्ट्रिय सभाको बैठक आज बुधबार दिउँसो १:०१ बजे बस्दैछ ।

सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग राख्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले गरेको अवरोधको कारण स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो ।

एमालेले सुन तस्करीको छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।

गत १० साउनदेखि संघीय संसदको दुवै (प्रतिनिधि र राष्ट्रिय सभा) बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले अवरोध गर्दै आएको हो ।

सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म बैठक अवरुद्ध जारी राख्ने एमालेको तयारी रहेको छ । एमालेले हिजो बसेको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेको थियो । हिजोको अवरुद्ध प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेको लागि बोलाइएको छ ।

यस्तो छ आजको राष्ट्रिय सभाको कार्यसूची: