
काठमाडौं, २४ साउन । कोशी प्रदेश सरकारले आज बुधबार सार्वजनिक विदा दिएको छ ।
विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा प्रदेशभर विदा दिएको हो । अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर विदा दिएको प्रदेश सरकारले जनाएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेरै विदाको जानकारी दिएको हो । प्रदेश सरकारले दिएको विदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया