
मकवानपुर, २३ साउन । अविरल वर्षासँगै पहिरो जाँदा एकै परिवारका ६ जना पुरिएका छन् ।
काभ्रेपलाञ्चोकको खानिखोला र मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको सिक्रे दोभानमा पहिरो जाँदा ६ जना पुरिएको बागमती-५ का वडाध्यक्ष विजय कुमार भ्लोन जानकारी दिए । उनका अनुसार पहिरोमा अक्कलबहादुर स्याङतान, उनको श्रीमती शान्तिमाया स्याङतान, छोरी शिला स्याङतान पहरी र ज्वाई जीवन पहरी र उनीहरुका ४ वर्षीय छोरा र डेढ वर्षकी छोरी पुरिएका छन् ।
पुरिएका मध्ये शान्तिमायाको उद्धार गरिए पनि उनको उपचारको क्रममा मृत्यु भएको वडाध्यक्ष भ्लोनले बताए । पुरिएकाहरुको खोजी कार्य जारी रहेको वडाध्यक्ष भ्लोनले बताए ।











प्रतिक्रिया