
हेटौंडा, २३ साउन । वर्षाका कारण पहिरो जाँदा हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो राजमार्ग मदन भण्डारी मार्ग अवरुद्ध भएको छ ।
गएराति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारी मार्ग हेटौंडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा पहिरोका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पहिरो हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया