काठमाडौं, १७ जेठ । प्रमुख तीन दल र मधेशी मोर्चाको बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको छ ।
आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्षनेताको बैठकले संविधानसभाको बैठक सारेर राष्ट्रिय सरकार बनाउने सहमति गरेका हुन् ।
बैठकमा राष्ट्रिय सरकारबाटै संविधान जारी गर्ने सहमति समेत भएको छ । बैठकमा संविधान र सरकारको विषयमा आगामी जेठ २० गतेभित्रै सहमति जुटाउन दलहरु एकमत देखिएका छन् ।













प्रतिक्रिया