
काठमाडौं, १७ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकको समय सरेको छ ।
आज बिहान ११ बजे प्रज्ञा भवनमा बस्ने तय भएको केन्द्रीय समिति बैठक दुई घण्टाको लागि सारिएको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
आज बिहान बसेको स्थायी कमिटी बैठक पछि उनले केन्द्रीय समितिको बैठक दिउँसो १ बजे बस्ने तय भएको जानकारी दिए ।
केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने छन् ।
यसैगरी, माओवादीले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । आजै बिहान बसेको स्थायी समिति बैठक र पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको हो ।
बिहान बसेको बैठकमा प्रत्यक्ष प्रसारण गर्ने/नगर्ने विषयमा नेताहरुबीच विवाद भएपछि प्रत्यक्ष प्रशारण नगर्ने निर्णय गरिएको हो ।











प्रतिक्रिया