२८ कार्तिक २०८३, शनिबार

सरकारले तस्करतन्त्र र दलाल नोकरशाही पूँजीवादलाई संरक्षण गर्दा राजश्व कम उठ्यो: महासचिव पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रुपमा तस्करतन्त्र र दलाल नोकरशाही पूँजीवादलाई संरक्षण गर्दा राजश्व कम उठेको बताएका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने माग गरिरहेको र सरकारले समिति बनाउन आनाकानी गरिरहेको बेला महासचिव पोखरेलले सरकारनै तस्करलाई संरक्षण गर्न लागि परेको उल्लेख गरेका हुन् ।

पोखरेलले सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पूँजीगत खर्च कम हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको बताए ।

महासचिव पोखरेलले मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गर्दा समेत सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा गम्भीर हुन नसकेको टिप्पणी गरे ।

‘यतिवेला अस्वभाविक रुपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रुपमा तस्करतन्त्र र दलाल नोकरशाही पूँजीवादलाई संरक्षण गर्नुको परिणाम हो ।’ पोखरेलले भनेका छन्, ‘सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पूँजीगत खर्च कम हुन गै समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ । तर सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन । यसप्रति सबै सरोकार पक्षको ध्यान जानु पर्दछ ।’