२० कार्तिक २०८३, शुक्रबार

कांग्रेसकै नेता भन्छन्- ‘सरकारको नेतृत्व अब एमालेलाई दिनुपर्छ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, १७ जेठ । नेपालमा वैशाख १२ र २९ गते गएका शक्तिशाली भूकम्पपछि राजनीतिक बजारमा राष्ट्रिय सहमतिको सरकार निर्माणका विषयमा बहस चलिरहेको छ । जसमा मुख्य बहस नेतृत्व कस्ले लिने भन्नेमा केन्द्रीत छ ।

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन सबै दल तयार छन् । अहिलेको सरकारको नेतृत्व गरिरहेको पार्टी कांग्रेसका नेताहरु समेत नेतृत्व एमालेलाई नै हस्तान्तरण गर्नुपर्ने पक्षमा देखिएका छन् ।

खासगरी कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय नेता नेतृत्व एमालेलाई हस्तान्तरण गर्ने पक्षमा छन् । शनिवार रुपन्देहीमा आयोजित एमालेको जिल्ला अधिवेशनमा केन्द्रीय उप-महासचिव घनश्याम भुषाल उपस्थित थिए । सोही कार्यक्रममा नेपाली कांग्रेसका जिल्लास्तरीय नेताहरुको पनि उपस्थिती थियो ।

कार्यक्रममा एमाले उप-महासचिव भुषाललले एमालेसंग मात्रै मुलुकको मुहार फेर्ने वैज्ञानिक भिजन भएकोले एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने बताएपछि कांग्रेसका जिल्लास्तरीय नेताले ताली पिटेर स्वागत गरे ।

र आफ्नो भाषणका क्रममा नेपाली कांग्रेसका जिल्लास्तरीय नेता एकबाल खानले मुलुकको नेतृत्व एमालेले लिएमा देशले संकटको सही सामना पनि गर्ने र जनताले समयमै संविधान पाउने बताए । ‘कांग्रेसपछि भिजन भएको पार्टी एमाले नै अबको राष्ट्रिय सरकारको नेतृत्व एमालेलाई दिनुपर्छ ।’ उनले भने ।

यस्तै, राप्रपाका नेता ताहिर अलि र मजफोका जयप्रकाश यादवले पनि राष्ट्रिय सरकारको नेतृत्व एमालेलाई नै दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले अब देशलाई संकटबाट मुक्त गराउने काम एमाले नेतृत्वको सरकारले गर्ने बताए ।