
झापा, १४ साउन । झापाको केचनामा आज बिहान अति भारी वर्षा भएको छ ।
केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको र त्यस क्षेत्र भइ बहने स–साना खोलामा बाढीको जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन अनरोध गरेको छ ।
यसैगरी, कास्कीको जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायत कास्की पर्वत आसपासमा पनि अति भारी वर्षा भएको छ ।
नदी तथा स-साना खोलाहरूमा बाढीको जोखिम बढकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
कुस्मा-पोखरा खडक खण्ड, घान्द्रुक र आसपास पहिरोको जोखिम भएकाले कमजोर भिरालो जमिनमा उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।











प्रतिक्रिया