काठमाडौं, २० जेठ । नेपाल विद्युत् प्राधिकरणले हालसम्म ७३ वटा जलविद्युत् आयोजनासँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ ।
निजी क्षेत्रबाट निर्माण गरिएको खिम्ती जलविद्युत् आयोजनासँग पहिलोपल्ट त्यसखालको सम्झौता गरिएको थियो । मुलुकमा जारी ऊर्जा सङ्कटलाई हल गर्नका लागि प्राधिकरणले सदासयताका साथ पिपिए गरे पनि कतिपय आयोजना हालसम्म पनि निर्माण सम्पन्न हुन सकेका छैनन् ।
प्राधिकरणका व्यापार शाखाका प्रमुख हीतेन्द्रदेव शाक्यका अनुसार हालसम्म १०२३ मेगावाट क्षमताका आयोजना भने निर्माणका क्रममा रहेका छन् ।
कुल ३७ वटा आयोजना निर्माणका क्रममा रहेको जानकारी दिँदै प्रमुख शाक्यले ती आयोजनामात्रै समयमा निर्माण सम्पन्न हुनसके मुलुकमा जारी ऊर्जा सङ्कट तत्कालका लागि हल हुन सक्ने बताए ।
डलरमा गरिएको पिपिएका कारण मुलुकले बर्सेनि घाटा व्योहोरेपछि सोही प्रक्रियामा पिपिए गर्न नहुने आवाज उठेको छ । ती दुई आयोजनाबाट प्राधिकरणलाई वार्षिक एक अर्ब बराबरको घाटा हुने गरेको छ ।













प्रतिक्रिया