
मकवानपुर, ११ साउन । मकवानपुरको भीमफेदीमा तरकारी बोकेको पिकअप गाडी दुर्घटना भएको छ ।
गएराति भीमफेदी-६ जुरिखेत स्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडक खण्डमा मार्खुबाट तरकारी बोकेर हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०३-००१ च ०६९४ नम्बरको योद्धा पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
गाडीमा सवार ३ जना घाइतेलाई उद्धार गरी उपचारको लागि हेटौंडा पठाइएको छ ।
घाइते हुनेहरुमा गाडी चालक हेटौंडा-८ कमाने बस्ने २३ वर्षीय रिकेश क्षेत्री, गाडीमा सवार जिल्ला इन्द्रसरोवर-१ सिमभन्ज्याङ बस्ने ६९ वर्षीय डम्बरबहादुर थापा मगर र हेटौंडा-१० किसनरोड बस्ने ३३ वर्षीय मातृकाप्रसाद खनाल रहेका छन् ।
घाइते तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया