काठमाडौ । भारतले पाकिस्तानलाई एक विकेटले हराउँदै यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा पाकिस्तानले दिएको ३३८ रनको लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको हो ।
योसँगै भारतले कीर्तिमानी नवौंपटक प्रतियोगिताको उपाधि जितेको हो ।
३३८ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीले अन्तिम बलमा जित हासिल गरेको हो ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३७ रन बनाएको थियो ।











प्रतिक्रिया