५ कार्तिक २०८३, बिहिबार

पार्टी स्थापनाको अवसरमा रविले सम्झिए टेलिभिजनदेखि श्रीमतीलाई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापना दिवसको अवसरमा आफूले काम गरेको टेलिभिजनदेखि श्रीमतीलाई सम्झिएका छन् ।

लामिछाने नेतृत्वका राष्ट्रिय स्वतन्त्र पार्टी आजकै दिन गत वर्ष घोषणा भएको थियो । पार्टी स्थापना भएको वर्षगाँठको अवसरमा रास्वपाले चियापान कार्यक्रमसमेत आयोजना गरेको छ ।

रविले गत वर्ष आजकै दिन ग्यालेक्सी टेलिभिजन छाड्दै पार्टी घोषणा गरेका थिए । उनले अमेरिकाबाट फर्किएर काम सुरू गरेको न्यूज २४ र ग्यालेक्सी टेलिभिजनसहित श्रीमतीलाई सम्झिएका हुन् ।

‘रास्वपा एक वर्षको हुँदा हिजोको जग खडा गर्नु हुने सिधाकुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु, News 24 र Galaxy टेलिभिजनलाई सम्झन चाहन्छु। पार्टी स्थापनाका दिनदेखि जोडिएर आजसम्म जोडिँदै गर्नु हुने सपूर्णलाई सम्झन चाहन्छु’, लामिछानेले लेखेका छन्, ‘अघि बढी रहू, म साथमा छु भनेर घरबाटै हिम्मत दिने अर्धाङ्गिनी nikita paudel lamichhane लाई सम्झन चाहन्छु।’

यस क्रममा उनले आलोचनाबाट आफू विचलित नभई अघि बढ्ने अठोट पनि व्यक्त गरेका छन्।

‘इतिहास पढ्ने विषय मात्रै होइन, रच्ने विषय पनि हो। ‘होइन’, ‘छैन’, ‘सकिँदैन’ मात्र होइन, ‘हो’, ‘छ’ र ‘सकिन्छ’ भन्दै अघि बढ्नुपर्छ’, उनले भनेका छन्, ‘आलोचना त कालिकोटमा अस्पताल बनाउँदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अलमलिने हजार बहाना हुँदा अघि बढ्ने लाख बाटो भेटिन्छन्। के छान्ने, आफनो हातमा हुन्छ।’