५ कार्तिक २०८३, बिहिबार

दशैंको टीका लगाउन हिँडेका बाबुछोराको मोटरसाइकल दुर्घटनामा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दशैंको टीका लगाउन जाँदै गर्दा भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको दुर्घटनामा परी मृत्यु भएको हो ।

लम्चीबाट भूमिकास्थानको ढाकाबाङ टीका लगाउन जानेक्रममा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल भूमिकास्थान नगरपालिका–२ स्थित सडकबाट तल जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रातिसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी कार्य थालेका थिए ।

खोजी गर्ने क्रममा बिहीबार बिहान सडकभन्दा तल जंगलमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।