५ कार्तिक २०८३, बिहिबार

मेयर बालेनविरूद्व अदालतमा रिट दर्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्व उच्च अदालत पाटनमा रिट दर्ता भएको छ ।

सिनेमा हल सञ्चालकहरूले बालेनविरूद्व रिट दायर गरेका हुन् । महानगरभित्रका हलहरूमा हिन्दी फिल्म प्रदर्शन गर्न रोकिएको भन्दै बालेनविरूद्व उनीहरूले मुद्दा दर्ता गरेका हुन् ।

बालेनले भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतको छोरी भनिएको भन्दै काठमाडौंमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए।

बालेनले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर हस्तक्षेप गरेको उनीहरूले आरोप लगाएका छन् ।

मुद्दाको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ।