काठमाडौं, १३ जेठ । राष्ट्रपति डा रामवरण यादव नेपालीको सेनाको मुख्यालय जंगी अड्डा पुग्नुभएको छ ।
नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति यादवले बुधबार विहान भूकम्प पीडीतहरुको लागि खोज, उद्धार, राहत सामाग्री बितरण तथा भग्नावशेष व्यवस्थापन एवम् जोखिमयुक्त घरहरु हटाउन हालसम्म नेपाली सेनाले गरिरहेको कार्यहरु र अपनाएको विधिबारे जानकारी एवम् नेपाली सेनाले अपनाएको विपद व्यवस्थापन प्रणालीको बारेमा जानकारी लिन तथा स्थलगत निरीक्षण भ्रमण गर्न सेनाको मुख्यालय जंगी अड्डा पुग्नुभएको हो ।
राष्ट्रपति यादवलाई प्रधानसेनापति गौरव शम्शेर राणाले स्वागत गर्नुभएको थियो । सेनाको सम्बन्धित विभागका अधिकारीले नेपाली सेनाले भूकम्प आएको दिन बैशाख १२ देखि गरेका खोज, उद्धार, राहत लगायत अन्य कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
त्यसक्रममा राष्ट्रपति यादवले शक्तिशाली भूकम्पबाट जंगी अड्डाको भौतिक संरचनाहरुलाई पारेको असरको प्रत्यक्ष अवलोकन गर्नु भएको थियो ।
निरीक्षण गर्दै राष्ट्रपति यादवले नेपालीहरु माथी आईपरेको यस राष्ट्रिय विपद्को कठिन घडीमा भूकम्प पीडितहरुको खोज, उद्वार, राहत लगायत अन्य गतिविधिहरु संचालन गरी आम नागरिकहरुको रक्षार्थ एवम् दैनिकी सामान्यीकरण गर्न नेपाली सेनाले पु¥याएको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्र्नु भएको थियो ।
राष्ट्रपतिको निरीक्षण कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महत, रक्षा सचिव ईश्वरी प्रसाद पौडेल लगायत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया