
काठमाडौं, २२ जेठ । नेकपा एमालेकी सांसद सुनिता बरालले नेपाली बैंकमा अलपत्र अवस्थामा रहेको भारतीय रुपैयाँ अब के हुन्छ भन्दै सरकारसँग प्रश्न गरेकी छिन् ।
आज सोमबार प्रतिनिधिसभाको बैठकमा उनले नेपाल–भारत क्रसबोर्डर डिजिटल पेमेन्टको विषयमा चासो व्यक्त गर्दै प्रश्न उठाएकी हुन् ।
संयुक्त राष्ट्रसंघले नै भूपरिवेष्टित मुलुकले पाउने अधिकारका विषयमा प्रष्ट पारेको भन्दै बरालले प्रधानमन्त्रीलाई सोसम्बन्धी ‘कन्भिन्सन अफ द ल अफ सी’ अध्ययन गर्न सुझाव दिइन् ।
‘अग्निपथ योजनाबारे तपाईंले के–के विषय उठाउनुभयो ? क्रसबोर्डर ट्रान्सफरको कुरा भइरहेको छ । नेपाली बैंकमा अलपत्र रहेको करोडौँ भारतीय रुपैयाँबारे के–कस्ता सहमति भए ? नेपाली भूमिका विषयमा संयुक्त राष्ट्रसंघको कन्भिन्सन अफ द ल अफ सीले भूपरिवेष्टित मुलुकले पाउने अधिकारका विषयमा प्रष्ट बोलेको छ । त्यो अध्ययन गरेर जानुभएको भए राम्रो हुन्थ्यो । कुन विज्ञले तपाईंलाई त्यति ठूलो प्राधिकार दिएर पठायो जान्न चाहन्छु,’ उनले भनिन् ।













प्रतिक्रिया