२८ आश्विन २०८३, बुधबार

नागरिकता विधेयक प्रमाणीकरणको दोष प्रधानमन्त्री प्रचण्डले लिनुपर्छ : रवि लामिछाने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्न लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को अधिकार खोसेको बताएका छन् ।

आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले विधेयकको विरोध गरिरहेका पार्टीहरूले नागरिकता पाउनु हुँदैन भन्ने कुराको वकालत गरिरहेका भन्ने भाष्य सरकारले बनाएको भन्दै यसको दोष प्रधानमन्त्री प्रचण्डले लिनुपर्ने बताएका हुन् ।

‘संसदको अधिकार छलेर विधेयक प्रमाणीकरण गराउनुभयो । प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा निर्णय गराएर राष्ट्रपतिमार्फत विधेयक पास गराउँदा संसदको अधिकार मात्रै छिनिएको छैन । यो संसदमा आएको भए महिलामाथि भएको विभेदबारे यो संसदले कुरा उठाउँथ्यो । हामी विभेदबारे बोल्न चाहन्थ्यौँ । महिलामाथि विभेद भएकोबारे आवाज उठ्थ्यो । तर यो विधेयकको विरोध गरिरहेका पार्टीहरूले नागरिकता पाउनु हुँदैन भन्ने कुराको वकालत गरिरहेका छन् भन्ने भाष्य स्थापित भएको छ । यो दोष प्रधानमन्त्रीले लिनुपर्छ,’ उनले भने ।