
काठमाडौं, २१ जेठ । नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमै फर्किएका छन् ।
नेकपा एसबाट केही समयअघि राजीनामा दिएका न्यौपाने आज एमालेमै फर्किएका हुन् ।
न्यौपाने र सूर्य शर्मालगायत नेतालाई एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायत नेताहरूले पार्टीमा स्वागत गरेका छन् ।
नेकपा एसले अवलम्बन गरेको नीति र कांग्रेसपरस्त प्रवृत्तिप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका थिए ।













प्रतिक्रिया