
अछाम, २१ जेठ । अछाममा एक जना ओभरसियर मृत भेटिएका छन् ।
पूर्वाधार विकास कार्यालय अछाममा कार्यरत ओभरसियर समशेर खड्का मृत भेटिएको हुन् ।
जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ३ चिरकाट्यामा ३५ बर्षिय खड्का मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा खटिएको छ ।













प्रतिक्रिया