
बागलुङ, २० जेठ । प्रेस चौतारी नेपाल बागलुङ शाखाको सातौँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले सिर्जना पन्तको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।
नयाँ कमिटीको उपाध्यक्षमा खेमराज गौतम सुवास र महिला उपाध्यक्षमा अम्बिका आचार्य चयन भएका छन् । यसैगरी, सचिवमा अर्जुन कार्की, सह–सचिवमा रोहन जीसी र हेमप्रसाद बिक तथा कोषाध्यक्षमा दीवाकर उपाध्याय निर्वाचित भएका छन् ।
जिल्ला कमिटीको सदस्यमा मनकुमारी केसी, संगीता रेग्मी, लक्ष्मी परियार, प्रवेश पौडेल, सुजन रेग्मी र लक्ष्मी शर्मा चुनिएका छन् ।
अधिवेशनको उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए भने कार्यक्रममा उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामालगायतको सहभागिता थियो ।














प्रतिक्रिया