
काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका सभापति एवम्र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंहले पूर्वराजदूत केदारभक्त श्रेष्ठकी नातिनी शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् ।
दुई परिवारको मात्रै सहभागितामा उनीहरूले काठमाडौँमा इन्गेजमेन्ट गरेका हुन् । जयवीरसिंह शेरबहादुर देउवाका एक्ला सन्तान हुन् भने शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् । शिवाना कभर गायिका हुन् ।
स्रोतका अनुसार जयवीर र शिवानाबीच आगामी माघमा बिहे गर्ने तयारी छ । जयवीर शिवानी फरक फरक पृष्ठभूमिको व्यवसायमा संलग्न छन् ।














प्रतिक्रिया