२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीको भारत भ्रमण : गलत सन्देश जाने कुनै पनि सम्झौता नगरिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका बारेमा संसदीय दलमा जानकारी गराएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले आफ्नो भारत भ्रमण र एजेण्डाका बारेमा जानकारी गराएका हुन् ।

उनले भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने बताएको एक सांसदले जानकारी दिए ।

त्यस्तै, बजेटको कार्यान्वयनलाई सफल बनाउनेगरी भूमिका खेल्न प्रचण्डले सांसदहरुलाई निर्देशन दिएका छन् । माओवादीले सांसदहरुलाई बजेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको थियो ।