२८ आश्विन २०८३, बुधबार

अर्थमन्त्री महतको दाबी : सांसद विकास कोष ब्यूँताइएको होइन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले सांसद विकास कोष ब्यूँताउन नखोजेको दाबी गरेका छन् ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले सांसद विकास कोष ब्यूँताएको नभएर नयाँ अवधारणासहित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएको स्पष्ट पारेका हुन् ।

उनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसदहरूको भूमिका आयोजना छनोट गर्ने मात्रै भएको जिकिर गरे । त्यस्तै, उनले आफ्नो क्षेत्रमा आवश्यक आयोजनाका बारेमा सांसदहरुलाई नै बढी जानकारी हुने भएकाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएको बताए ।

अर्थमन्त्री महतले पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको भन्दै यसको कार्यान्वयनमा आशंका नगर्न आग्रह गरे । बजेटका माध्यमबाट पुँजीगत खर्चमा देखिएको समस्या हटाएर बजेट प्रणालीमा सुधार र कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाइने उनको भनाइ छ ।

मन्त्री महतले राजस्व नीतिमा व्यापक सुधार गरेको दावी गर्दै कुनै व्यक्ति र व्यावसायिक समूहलाई फाइदा पुग्ने गरी काम नगरेको जिकिर गरे ।

उनले नीतिका व्यवस्था कार्यान्वयनमा समन्वय हुने गरी मौद्रिक नीति आउने जानकारी दिए । बजेटको ध्येय विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्ने नभएको भन्दै व्यवस्थित गर्न मात्रै खोजिएको उनले बताए ।