
काठमाडौं, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान आर्थिक चुनौतीको सामना गर्नेगरी सरकारले बजेट ल्याउन नसकेको बताएका छन् ।
बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नभएको बताएका हुन् ।
मुलुकको वर्तमान आर्थिक संकट र चुनौतीको समाधान गर्नुपर्ने अवस्था भए पनि त्यस अनुरुप बजेट आउन नसकेको उनको भनाइ छ ।
उनले विगतका सरकारले ल्याउने बजेट सुन्दा राम्रो भए पनि कार्यान्यनमा समस्या हुने गरेको भन्दै अहिलेको बजेट पनि कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गरे ।













प्रतिक्रिया