२८ आश्विन २०८३, बुधबार

टीयु क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने, अरु कहाँ–कहाँ बन्दैछ रङ्गशाला ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ ।

सरकारले बजेटमार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।

आज सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिने बताए ।

उनले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम सक्ने, मूलपानी मैदानको निर्माण पनि आगामी वर्षमा निर्माण सक्ने जानकारी दिए । मार्सल आर्ट खेललाई समुदायस्तरसम्म विकास गर्ने उनले बताएका छन् ।

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने समेत उनले बताए । युवालाई व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा दिइने उनको भनाइ छ ।