
काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पद धरापमा परे पनि पार्टी सुधारको अभियानलाई अघि बढाएरै छाड्ने बताएका छन् ।
आज सोमबार ललितपुरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले पार्टी नेतृत्वको गलत कदमले पार्टीप्रति जनताको विश्वास कम हुँदै गएको भन्दै पद धरापमा परे पनि पार्टी सुधारको अभियानलाई अघि बढाउने बताएका हुन् ।
यसअघि पार्टीको बैठकमा फरक मत राख्दा पनि बहुमतले गरिएको निर्णयमा मानेको भन्दै अब त्यसो नहुने उनले बताएका छन् ।
महामन्त्री थापाले चुनावअगाडि नै गठबन्धन गर्दा पार्टी कमजोर बनेकाले कांग्रेसले गरेको गल्तीलाई स्वीकार गरेर जनतासँग माफी माग्दै चुनावअगाडि कहिल्यै पनि तालमेल नगर्ने प्रतिवद्धता जनाउनुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तै, उनले प्रमुख तीन दलका शीर्ष नेताले सदनमा सांसदले बोलेका कुुरा रेकर्डबाट हटाउने सहमति गर्नुले संसदको अधिकारमाथि हनन् भएको तर्क गरे ।
एमाले र माओवादीको लहलहैमा लागेर कांग्रेसले यस विषयमा सहमति जनाउनु उचित नभएको उनको भनाइ छ ।













प्रतिक्रिया