
काठमाडौं, १४ जेठ । काठमाडौंको चाबहिलमा एक जना पुरुषको शव भेटिएको छ ।
काठमाडौं महानगरपालिका–७ चाबहिल लामपोखरीस्थित सडक पेटीमा अन्दाजी ५५ वर्षका पुरुषको शव भेटिएको प्रहरीले बताएको छ ।
ती पुरुषको हाल नाम, थर, वतन खुलेको छैन ।
प्रहरीका अनुसार आज बाँके, कपिलवस्तु र झापामा पनि एक/एक जनाको शव भेटिएको छ ।
बाँकेको डुडुवा गाउँपालिका–१ टेपरीस्थित भारत बहराइच हुलिया ग्राम पञ्चायत बस्ने ३५ वर्षीय कोइली मुराउ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, कपिलवस्तु, शिवराज नगरपालिका–९ रमुवादह बस्ने ४२ वर्षीया सिताकुमारी बुढा मगर आफ्नै घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् भने झापाको अर्जुनधारा नगरपालिका–४ निलडाँडास्थित पोखरीमा सोही ठाउँ बस्ने ५४ वर्षीया सरस्वती मगर आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।













प्रतिक्रिया