२८ आश्विन २०८३, बुधबार

खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जना पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले अवैध लागू औषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ ।

व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा खैरो हेरोइनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीले झापा विर्तामोड घर भएका किरण कन्दङवालाई बौद्धको एक होटलबाट खैरो हेरोइन २० ग्राम र ७ लाख ४० हजार सहित पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा उनको कारोवारको नेटवर्क पहिल्याउने क्रममा झपाका बिजय लिम्वु, माधव मेचे, विनोद लिम्वु र भारत दार्जलिङका शिव घोष र श्यामली सोरेनलाई पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । खैरो हिरोइन भारतबाट झापा हुँदै काठमाडौं आइपुग्ने गरेको देखिएको उनले बताए ।

त्यस्तै, व्युरोले ३ किलो ६ सय ग्राम लागू औषध चरेससहित थाइल्याण्ड जान लागेका सिन्धुपाल्चोक घर भएका तेम्वा शेर्पालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ ।