२८ आश्विन २०८३, बुधबार

सिंहदरबारबाट १७ जना अधिकारकर्मी पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । सिंहदरबारबाट १७ जना अधिकारकर्मी पक्राउ परेका छन् ।

सिंहदरबारअघि धर्नामा बसेका अधिकारकर्मी कृष्ण पहाडीसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरु चन्द्रमणि बञ्जारा, नम्रता खरेल लगाएतलाई नियन्त्रणमा लिएको समाजले जनाएको छ ।

मानव अधिकार तथा शान्ति समाजले १६औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारको दक्षिण ढोकामा धर्ना आयोजना गरेको थियो ।

लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न योगदान गरेको स्वयंसेवी संस्थाले शीर्ष नेताहरु भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको आरोप लगाउँदै धर्ना कार्यक्रम गरेको थियो ।

समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्नु पर्ने, तीन तहको सरकारले सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर्नुपर्ने, लोकतान्त्रिक गणतन्त्रको मूल्यअनुरुप आचरण गर्नुपर्ने माग राखेर धर्ना दिएको थियो ।