२८ आश्विन २०८३, बुधबार

कृषि क्षेत्रमा आधुनिकीकरण गर्न नसक्दा युवा विदेशिए : शंकर पोखरेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउन नसक्दा युवाहरू पलायन भइरहेको बताएका छन् ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको जनसंगठनका पदाधिकारीहरूको भेलामा उनले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन कसे युवा पलाय रोकिने र देश विकासको बाटोमा तीव्र रुपमा अघि बढ्ने बताएका हुन् ।

कृषिलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउनुपर्ने तथा युवालाई शीपयुक्त जनशक्तिको रुपमा विकास गर्नुपर्ने बताउँदै उनले अब युवा पलायन रोक्न नेकपा एमालेले व्यवस्थित कार्ययोजना अघि सार्ने बताएका छन् ।

उनले पार्टीको जनसंगठनको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी काम गर्नुपर्ने चुनौती पार्टीलाई रहेको चर्चा गरे ।

भेलामा संयन्त्र प्रमुख भानुभक्त ढकालले गैरपार्टी सदस्यहरूलाई एमालेमा ल्याउनुपर्ने र त्यसका लागि २३ वटै जनसंगठनले प्रतिस्पर्धात्मक रुपमा काम गर्नुपर्ने बताए भने संयन्त्रकी उपप्रमुख रचना खड्काले निर्धारित २३ वटै जनसंगठनहरूको महाधिवेशन निर्धारित समयमै सम्पन्न गरिसकिएको जानकारी दिइन् ।