२८ आश्विन २०८३, बुधबार

आईएमई–पेमार्फत एयरलाइन्स टिकट काट्दा १२५ रुपैयाँ भन्दा बढी क्यासब्याक पाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई–पे’मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रू १२५+ क्यासब्याक पाइने भएको छ ।

आईएमई–पेमार्फत टिकेट काट्ने ग्राहकले एयरलाइन्स कम्पनी बमोजिमको रू. ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनाका साथै आईएमई पेको ‘बोनस’ नामक प्रोमोकोड प्रयोगमा थप रू. ५० गरी कम्तीमा रू १२५+ वा सो भन्दा बढी क्यासब्याक पाउन सक्ने छन् ।

उक्त प्रोमोकोड जेठ ०७ देखि असार ०६, २०८० सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।